पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा २ हजार ४०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिर रुपन्देहीमा ४७३ जना, बाँकेमा ४२२ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोरोना स्क्रमित थपिएका छन् ।
सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
नवलपरासी पश्चिम र कञ्चनपुरमा ४६र४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३र४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक २८ जना, अर्घाखाँचीमा २८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट १६ जना, बैतडीमा १६ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको छ भने ३३ जनाको निधन भएको छ ।
तपाइँको प्रतिक्रीया