२०८२ जेठ २२ बुधबार

राशिफल

असारपछि कोरोना बिमा बन्द हुने

बिमा समितिले असार महिनापछि कोरोना बिमा पोलिसी बन्द गर्ने भएको छ । समितिले असार पछि यो पोलिसि बिक्री गर्न नपाउने गरी बन्द गर्ने निर्णय गरेको हो ।

अहिले बिमा गरेकाको असार महिनासम्म मात्रै रिक्स कभर हुने उनले बताए । असार मसान्तसम्म अवधि रहने गरी पहिले बिमा गरेकाहरुले भने संक्रमण भए बिमा रकम पाउने छन् ।

बिमा समितिले गत वर्ष संक्रमित भए १ लाख र ५० हजार रुपैयाँ पाउने गरी दुई वटा पोलिसी बनाएको थियो । दुई चरणमा बिक्री भएको पोलिसी मध्ये एउटा चैत मसान्तमै सकिएको छ भने अर्को पोलिसी असार मसान्तसम्म रहेको छ ।

यद्यपि हालसम्म कोरोना संक्रमण भएर मागदाबी गर्नेहरु जसको प्रक्रिया पुरा भएको छ उनीहरुले भने भुक्तानी पाउने छन् ।