२०८२ जेठ २६ आइतबार

राशिफल

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज– नयाँ नाममा जुट्यो सहमति

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि बनेको मर्जर कमिटीले नाममा सहमति जुटाएको छ ।

दुई ठूला बैंक मर्जपछि ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहने सहमति जुटाएको हो। स्रोतका अनुसार दुवै बैंकको नाम समेटिनेगरी सहमति जुटेको हो ।

त्यस्तै, हिमालयन बैंकका सीईओ अशोक शमशेर राणाले दुई वर्ष सीईओको कार्यकाल सम्हाल्ने र त्यसपछि इन्भेष्टमेन्ट बैंकका हालका सीईओ ज्योति पाण्डेले सम्हाल्ने गरी सहमतिसमेत जुटेको छ ।

दुवै बैंकको स्वाप रेसियो बराबर हुनेछ । गअर्थात, हाल जुन बैंकको जति सेयर छ, मर्जपछिको बैंकको पनि सो व्यक्ति वा संस्थासँग उति नै सेयर हुनेछ।

हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ।