२०८२ जेठ २२ बुधबार

राशिफल

कोरोना संक्रमणबाट विहारका मुख्यसचिवको निधन

-भारतको विहार राज्यका मुख्यसचिव अरुणकुमार सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ। शुक्रबार उनको पटनाको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कोरोनाभाइरस परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिए।

सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो।

विहारमा सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ।