२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकाले लगायो भारतमाथि यात्रा प्रतिबन्ध

अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४देखि १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने भएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएका कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाइएको हो ।

साथै, अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझावसमेत दिएको छ।

हाल भारत–अमेरिकाबीच दैनिक १४ सिधा उडान हुन्छन् । साथै, अन्य उडान युरोप ट्रान्जिट भएर पनि हुने गरेका छन् ।