२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको निधन भएको छ । यससँगै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै, देशभर संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये, ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी, हालसम्म २ लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार २८७ जना संक्रमित निको भएका छन् ।