२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुपन्देहीको अस्पतालमा कोरोना संक्रमितले गरे आत्महत्या

रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य थियो, ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी जानकारी दिए ।
सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान कुनै समस्या र गुनासो नरहेको अस्पतालले जनाएको छ ।