२०८२ जेठ २२ बुधबार

राशिफल

भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला

दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारमा लामो समयदेखि रोकिएको उक्त गाडीमा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो । कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दुर्घटना गम्भीर प्रकृतिको भएकाले अनुसन्धानपछि बल्ल थप भन्न सकिने बताएको छ । हाल ती बालक नेपाली या भारतीय भन्नेसमेत खुलेको छैन ।