२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

आइतबार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यक्रम थियो । तर, सोअघि नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।