२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लुम्बिनीमा एकल बहुमतको सरकार बनाउन मुख्यमन्त्रीको राजीनामा !

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनमा दाबी गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल सरकार गठन हुनुपर्ने एमालेको दाबी छ ।

यसअघि पोखरेल माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तर, प्रस्तावमा छलफल हुनुअघि नै उनले राजीनामा दिएपछि राजनीति रोचक मोडमा पुगेको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जसपाका चार सांसद पदमुक्त छन् । हाल रहेका ८१ सांसदमध्ये एमालेका ४१ सांसद छन् । यो एमालेका लागि आवश्यक बहुमत संख्या हो । कांग्रेस, माओवादी केन्द्र र जसपाका ३९ सांसद छन् भने जनमोर्चाका एक सांसद छन् ।