नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुन: शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । पोखरेलले आइतबार आफूविरुद्दको अविश्वासको प्रस्ताव फेस गर्नुअघि पदबाट राजीनामा दिएका थिए ।
लगत्तै बसेको संसदीय दलको बैठकले उनकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । यो नयाँ सरकार गठनका लागि बहुमत संख्या हो ।
तपाइँको प्रतिक्रीया