२०८२ जेठ २२ बुधबार

राशिफल

निषेधाज्ञामा प्रहरीको थप कडाइ

निषेधाज्ञा

आइतबारदेखि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेद्याज्ञाको उल्लंघन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर कडाइ गरिएको हो । आइतबारदेखि उपत्यकामा ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ । त्यस्तै, १ सय ५१ वटा होल्डिङ सेन्टर बनाइएको छ ।

आज ५६ स्थानमा कोन राखेर चेकजाँच गरिएको छ । वृत र प्रभागका इन्चार्जहरुले आ–आफ्नो क्षेत्रमा पिकेट ड्युटी, मोबाइल र सीआरभी परिचालन गरेर आवागमनलाई निगरानी गरिरहेको छ । आइतबार दिउँसोसम्म मात्र १ हजार १ सय ६२ मानिस तथा ४३८ सवारी होल्ड गरिएको छ ।

निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले पत्रकार, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थालाई थप कडाइ गरेको छ ।

प्रहरीले निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गर्ने, कारबाही गर्ने, सवारी पासविना चलाइएका सवारी साधन नियन्त्रणमा लिने र जरिवाना लिने गर्दै आएको छ । कारबाहीमा परेकालाई साँझसम्म होल्डिङ सेन्टरमा राखेर छाडिन्छ ।