२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रदेश मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् । उनले प्रदेश प्रमेख धर्मनाथ यादव समक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका कारण उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता ्पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।