२०८२ जेठ २१ मङ्गलबार

राशिफल

लुम्बिनी प्रदेशमा एमालेका तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन्।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र पठाएका हुन् ।

यसअघि पोखरेलले आजै नै पदबाट राजीनामा दिएर आजै मुख्यमन्त्रिका लागि दाबी पेश गरेका थिए ।