२०८२ जेठ २१ मङ्गलबार

राशिफल

४२ जनाको हस्ताक्षर बोकेर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्न पुगे कुलप्रसाद केसी

लुम्बिनी प्रदेश, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

यसअघि, प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्रीका लागि आवश्यक बहुमत (४१ सांसद) आफूहरु रहेको भन्दै केसीले नेतृत्वको दाबी गरेका हुन् ।

उनको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र जसपा, जनमोर्चाका सांसद र सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।