२०८२ जेठ २२ बुधबार

राशिफल

बीमा क्षेत्रले पायो पहिलो महिला सीईओ

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छन् । यससँगै उनी बीमा क्षेत्रको पहिलो महिला सीईओ बनेकी छन् ।

३४ वर्षीया पौडेल आगामी चार वर्षका लागि सीईओ बनेकी हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयको ‘फ्याकल्टि अफ म्यानेजमेन्ट स्टडिज बाट एमबीए गरेकी छन् । भारतमै बीमा व्यवसयाको अनुभव संगालेकी उनीसँग एक दशकभन्दा लामो समयको अनुभव छ ।

यसअघि उनी यूनाइटेडमा निमित्त सीईओको रुपमा कार्य गर्दै आएकी थिइन्।