२०८२ जेठ २२ बुधबार

राशिफल

सांसदलाई फेसबुक म्यासेन्जरबाटै प्रधानमन्त्रीको स्पष्टीकरण

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  एमालेका सांसदलाई स्पष्टीकरण सोधेका छन्। यसअघि माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका प्रधानमन्त्रीले यसपटक थप सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

उनीहरूलाई कार्यालय सचिव शेरबहादुर तामाङमार्फत् फेसबुक म्यासेन्जरबाट स्पष्टीकरण पत्र पठाइएको हो । स्पष्टीकरणमा ‘अर्को दल खोल्ने तरिकाले हिँडेको हो ?’ भनेर प्रश्न गरिएको थियो । जवाफका लागि तीन दिनको समय तोकिएको छ ।