२०८२ जेठ २२ बुधबार

राशिफल

लुम्बिनी प्रदेश– दुई स्वतन्त्र सांसद फेरि मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको बताएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाहीले आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा हस्ताक्षर गरेका थिए । तर, सोमबार उनीहरु पोखरेलको पक्षमा देखिएका हुन् ।

संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् ।