जिल्ला प्रशासन कार्यालय धनुषाले १० दिनका लागि निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारीले संक्रमण दर बढ्दै गएको र अस्पतालले धान्न नसक्ने अवस्था आएको भन्दै लकडाउन गर्नुपरेको बताएका हुन् ।
बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गते शुक्रबारसम्म लकडाउन हुनेछ । लकडाउनमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुनेछन् ।
तपाइँको प्रतिक्रीया