अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्याप’ नामक अनलाइन फेसन बुटिक संचालनमा ल्याएकी छिन् । महिलाका पहिरन उपलब्ध हुने उनको यो अनलाइन बुटिकमार्फत विश्वभर डेलिभरी गर्न मिल्ने सुविधा छ ।
साम्राज्ञीका अनुसार नेपालमै बनेका पहिरनलाई उपभोक्ताले विश्वभरबाट अर्डर गर्न सक्नेछन् । उनको बुटिकमा मोटा युवतीलाई लक्षित गरि प्लस साइजका पहिरन पनि उपलब्ध हुनेछन् ।
उनले इन्स्टाग्राम लगायतका सामाजिक संजालबाट आफ्ना उत्पादनको ब्रान्डिङ थालिसकेकी छन् । लकडाउनमा फिल्म क्षेत्र धरासायी भएपछि कलाकारहरु विभिन्न पेशामा आवद्द भइरहेका बेला सम्राज्ञीले पनि व्यवसायमा हात हालेकी हुन् ।
तपाइँको प्रतिक्रीया