लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उनलाई बर्खास्त गर्नुपर्ने माग राखेका हुन् ।
अल्पमतमा रहेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख यादवले असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै चार दलले सोमबार संयुक्त पत्रकार सम्मेलन बर्खास्तको माग गरेका हुन् ।
एमाले संसदीय दलको आइतबारको बैठकमा दाङका अमरबहादुर डांगी र विमला खत्री वली अनुपस्थित भएको अवस्थामा कीर्ते हस्ताक्षर गरेर गरिएको दलको निर्णय औचित्यहीन रहेको रहेको प्रदेश प्रमुखले त्यसलाई बदर गरेको विपक्षीको आरोप छ ।
तपाइँको प्रतिक्रीया