२०८२ जेठ २३ बिहीबार

राशिफल

अस्पतालमा रकम जम्मा नगर्दा परियारले बेड पाएनन्, औषधि किन्न मेडिकल जाँदा बाटोमै मृत्यु

धनुषा बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारको उपचार नपाएर निधन भएको छ । स्वास्थ्यमा समस्यमा आएपछि जनकपुरधाम पुगेका उनले न प्रादेशिक अस्पतालमा बेड पाए न अन्य नीजि अस्पतालमा नै ।

अस्पतालले भर्ना लिन नमानेपछि सोमबार घर फर्किएका उनको मंगलबार नजिकैको आरपी मेडिकल जाने क्रममा उनको लडेर मृत्यु भएको हो । उनले त्यहाँ बजार संचालन गर्दै आएका थिए । उनका श्रीमती र छोराछोरी भारतमा छन् । विगत ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलबाट औषधि किनेर खाइरहेका थिए । तर, सास फेर्न गाह्रो भएपछि उनी अस्पताल गएको बुझिएको छ ।

रकम अभावका कारण अस्पतालले उनलाई भर्ना लिन नमानेको वडा सदस्य रामबाबु रवीदासले जानकारी दिए । उनलाई कोरोना संक्रमणका क्रममा देखिने लक्षणहरु देखिएको थियो ।