ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोभिड–१९ (कोरोना) संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी लकडाउनअघि विभिन्न बैठकहरु र लकडाउनपछि अनुगमन तथा छलफलमा सहभागी थिए । उनी हाल जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा छन् ।
तपाइँको प्रतिक्रीया