२०८२ जेठ २१ मङ्गलबार

राशिफल

टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल माथि उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १३औँं स्थानमा उक्लेको हो।

नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गरेको नेपालले सिरिजकै क्रममा एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लिएको थियो।

नेपालले १९ खेलमा ३ हजार ३ सय ८८ अंकमा १ सय ८७ रेटिङ पाएको छ। सिरिजमा सहभागी नेदरल्याण्ड्स १७औँ र मलेसिया ३१औँ स्थानमा छ ।