२०८२ जेठ २२ बुधबार

राशिफल

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओली तत्कालिन नेकपाबाट प्रधानमन्त्री बनेका थिए । तर, सर्वोच्च अदातको निर्णयले नेकपा विभाजन भएपछि दुई पार्टी छुट्टा–छुट्टै भएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। त्यसअघि मओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।