२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको निधन, ७ हजार ७ हजार ६६० संक्रमित

नेपालमा मंगलबार (पछिल्लो २४ घण्टामा) कोभिड–१९ (कोरोना) संक्रमणबाट ५५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि निधन हुनेको यो संख्या अत्याधिक हो ।

संक्रमणबाट हालसम्म ३ हजार ४१७ जनाको निधन भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।

मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।