२०८२ जेठ २५ शनिवार

राशिफल

अस्पतालसहितको बहुउपयोगी भौतिक संरचना निर्माणमा जुट्यो सेना

नेपाली सेना अस्पतालसहितको बहुउपयोगी भौतिक संरचना निर्माणमा जुटेको छ । सेनाले राजधानी काठमाडौंसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माण गर्न लागेको हो ।

सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशनसहितको यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो ।

कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएसँगै सेनाले काम थालेको हो।