२०८२ जेठ २५ शनिवार

राशिफल

प्रचण्डले भेटे माधव नेपाल र उपेन्द्र यादवलाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता
समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बुझिएको छ । माधव नेपालसँग के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । यादवसँगको भेटमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई कसरी असफल बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

साथै, उपनिर्वाचनमा सहकार्य र अविश्वास प्रस्तावको विषयमा पनि छलफल भएको यादव निकट नेताले जानकारी दिए ।