राष्ट्र बैंकले कारबाहीको प्रक्रिया अघि बढाएपछि एनआइसी एशिया बैंकले आफ्नो गल्ती स्वीकार गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पुर्याएको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । बैंकले यसअघि कायम रहेको ९.९२ प्रतिशत कर्जाको ब्याजदरमा ५.७८ थप गरेको हो ।
सहकारी संस्थाले लिने ब्याजभन्दा चर्को ब्याजदर तोकेपछि राष्ट्र बैंकको ध्यानाकर्षण भएको थियो । साथै, यसअघि कायम गरिएको कर्जाको प्रिमियममा समेत थप गरेपछि राष्ट्र बैंकले एनआइसीलाई पत्राचार गरेको थियो ।
तर, एनआइसी बैंकले सो पत्र नियतवश नभएर प्राविधिक गल्तीले भएको भन्दै सच्याउने प्रतिबद्धता जनाएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकले बढाएको ब्याजदर र प्रिमियम पहिलेकै कायम गर्ने प्रतिबद्धता गरेको र सोही अनुसार काम गरी पत्राचार राष्ट्र बैंकमा गरेको राष्ट्र बैंकले जनाएको छ ।
तपाइँको प्रतिक्रीया