२०८२ जेठ २१ मङ्गलबार

राशिफल

तिलोत्तमा नगरपालिका– जसले मेयर र उपमेयरको गाडीलाई बनायो कोरोना संक्रमित बोक्ने एम्बुलेन्स

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।

कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि नगरपालिकाले आफ्नै गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

मेयर बासुदेव घिमिरे चढ्ने लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरी चढ्ने लु १ झ ३२६ नम्बरको स्कार्पियो गाडीलाई संक्रमितका लागि प्रयोग गर्न लागिएको मेयर घिमिरेले जानकरा दिए ।

उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डरको समेत व्यवस्थापन भएको छ । नगरपालिकाले वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पताल यसअघि नै संचालनमा ल्याएको छ ।