२०८२ जेठ २३ बिहीबार

राशिफल

उपनिर्वाचनमा पूर्वमाओवादी नेता एमालेबाट र एमाले नेता माओवादीबाट निर्वाचन लड्दै

आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमाले–एमाले नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटालाई कांग्रेस र माधव नेपाल पक्षीय एमालेको समर्थन छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

पार्टी परित्याग गरेर एमालेमा लागेपछि माओवादीले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।