बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा १० जना बाँकेका र एक जना दाङ र जाजरकोटका छन्। उनीहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँके नरैनापुर गाउँपालिका १ का ५६ वर्षीय पुरूष, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूष, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूष, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुष, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुष, नेपालगञ्ज १० का २७ वर्षीय पुरुष, नेपालगञ्ज १ का ५८ वर्षीय पुरुष, नेपालगञ्ज १० की ७८ वर्षीया महिला, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुष, दाङ शान्तिनगर गाउँपालिका ६ का ७५ वर्षीय महिला र जाजरकोटको भेरी नगरपालिककी ४३ वर्षीया महिला रहेका छन् ।
त्यस्तै, काठमाडौंबाट कोहरपुर ल्याउँदै गर्दा कोलहपुर नगरपालिका १ की ७३ वर्षीया महिलासमेत मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया