नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण सुरु भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेपछि निफ भर्चुअल माध्यमबाट सुरु भएको हो ।
वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् ।
‘विश्वका कथाहरुको उत्सव’ टाइटल राखेर निफ आयोजना गरिएको हो । निफमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभर फैलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
निफमा विभिन्न देशका कलाकार तथा चलचित्रसँग सम्बन्धीत ब्यक्तिले आफ्नो अनुभवहरु सुनाउनेछन् भने विभिन्न फिल्मको स्वाद समेत लिन पाइनेछ ।
निफमा पहिलो दिन बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने छन् । अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू सुनाउने छन् । फेष्टिभल नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने आयोजकले जनाएको छ । चलचित्रहरुलाई अनलाइन माध्यमबाट प्रसारण गरिनेछ ।
तपाइँको प्रतिक्रीया