२०८२ जेठ २३ बिहीबार

राशिफल

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना भएका उनको बिहीबार निधन भएको हो ।

प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।