प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताबीच पार्टी विवाद समाधानबारे छलफल भएको छ।
होटल म्यारियटमा अर्थमन्त्री एवम् ओली पक्षका एमाले नेता विष्णु पौडेल र नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच छलफल भएको हो । छलफलमा पौडेलले विश्वासको मत र उपनिर्वाचनमा सहकार्य गरेर सहयोग गर्न आग्रह गरेका थिए । पाण्डे र विष्टले भने फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए।
त्यस्तै, बुधबार उपप्रधानमन्त्री एवं ओली पक्षीय नेता ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए। सो छलफलमा पनि यिनै विषयमा कुराकानी भएको थियो ।
नेपाल पक्षीय नेताले सामूहिक राजीनामा दिने गृहकार्य गरेसँगै ओली पक्षीय नेताले भेटघाट तीव्र पारेका छन् । नेपाल पक्षले ओली २०७५ जेठ २ मा फर्कनुपर्ने माग राखेको छ । तर, ओली पक्षमा त्यसमा सकारात्मक छैन ।
उता, राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधव कुमार नेपालबीच पनि भेट भएको छ । भेटको विषय नखुलाइएको भए तापनि राष्ट्रपतिले एमालेमा एक भएर जान र सहयोग गर्न आग्रह गरेको स्रोत बताउँछ ।
तपाइँको प्रतिक्रीया