२०८२ जेठ २३ बिहीबार

राशिफल

अमेरिकामा नेपाली विद्यार्थीको शव फेला

अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । उनी गत जनवरी १८ देखि हराइरहेका थिए । शव नहरमा फेला परेको थियो ।

उनी विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । २२ वर्षीय साहको शवको गत सोमबार पहिचान भएको हो ।

गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका सिसि क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको देखिएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।