वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) देखि सय बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालन हुँदैछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पारेको हो ।
कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत महानगरले नि:शुल्क उपलब्ध गराउनेछ।
तपाइँको प्रतिक्रीया