एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राती करिब ३ घन्टा छलफल भएको थियो।
छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।
पछिल्लो समय अविश्वास प्रस्ताव र उपनिर्वाचनको सन्दर्भमा ओली पक्षले माधव पक्षलसँग भेटवार्ता तीव्र पारेको छ । ओली पक्षले सहमतिमा आउन आग्रह गरिरहेको छ भने नेपाल पक्षले २ जेठमा फर्किएमा मात्र अघि बढ्न सकिने अडा लिएको छ ।
तपाइँको प्रतिक्रीया