शुक्रबार सुनको मूल्य ९१ हजार सात सय रुपैयाँ पुगेको छ । तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेर बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय पुगेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपाली बजार पनि बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ३३० रुपैयाँ तोकिएको छ ।
तपाइँको प्रतिक्रीया