२०८२ जेठ २६ आइतबार

राशिफल

संसद सचिवालयमा कार्यरत उपसचिवको कोराना संक्रमणबाट निधन

संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको हो ।

उनको उपचारका क्रममा शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो भने उनमा मुटु सम्बन्धी स्वास्थ्य समस्या थियो ।