२०८२ जेठ २५ शनिवार

राशिफल

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजारमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ४ हजार पुगेको छ । जसमध्‍ये ३ हजार ८३ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् ।