२०८२ असार १६ सोमबार

राशिफल

ललिता निवास जग्गा प्रकरण– दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई तारेखमा छाड्न आदेश दिएको हो ।

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गरेका थिए । जसमा शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानतमा छाड्न आदेश दिएको हो ।