कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।
उनीहरुको एक एक दिनको अन्तरालमा मृत्यु भएको हो । सात दाजुभाई मध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन् । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाइँको प्रतिक्रीया