२०८२ जेठ २६ आइतबार

राशिफल

टिकटक बनाउने क्रममा युवकको भीरबाट लडेर मृत्यु

धरान–५ का १८ वर्षे सुभाष परियारको टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरबाट खसेर उनको निधन भएको हो ।

धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरस्थित सडकमा बिग्रिएपछि उनी गाडीबाट ओर्लेर टिकटक बनाउन भीरतिर गएका थिए ।

भीरबाट खसेर घाइते भएका परियारको टाउको र अनुहारमा चोट लागेको थियो भने उनलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भिम दाहालले बताए ।