२०८२ जेठ २६ आइतबार

राशिफल

आज संसदबाट राजीनामा दिने तयारीमा माधव नेपाल समुह !

नेकपा एमालेको माधवकुमार नेपाल समुहले आज (आइतबार) संसदबाट राजीनामा दिने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे अल्टिमेटम दिएको यो समुहले माग पुरा नभए राजीनामा दिने तयारी गरेको हो ।

ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार बिहानसम्म सांसदहरुले राजीनामा दिने तयारी छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ बैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । माधव समुह फ्लोर क्रश गर्नुभन्दा राजीनामा दिँदा उचित हुने निष्कर्षमा पुगेको छ ।

विश्वासको मत लिएपछि धावन समुहका सांसदलाई कारबाही गर्ने पक्षमा प्रधानमन्त्री छन् । माधव समुह सर्वोच्चको निर्णयपछि नेकपा अलग भएकाले २८ फागुन यता गरिएका निर्णय खारेज गरिनुपर्ने अडानमा छ ।