अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नलाग्ने दूतावासले जनाएको छ ।
डिभी नतिजा हेर्न dvprogram.state.gov वेबसाइटमा जानुहोला । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर चाहिन्छ । यसै आगमी प्रक्रियाको बारेमा पनि सोही वेबसाइटमा जानकारी गराइएको छ ।
तपाइँको प्रतिक्रीया