२०८२ जेठ २७ सोमबार

राशिफल

महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवासमा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

उनीहरुबीच देशको पछिल्लो अवस्था, प्रधानमन्त्रीले लिन लागेको विश्वासको प्रस्ताव, आगामी रणनीति लगायतका विषयमा कुरा हुने बुझिएको छ । पछिल्लो समय एमाले नेता माधव नेपाल पक्षका सांसदले राजीनामा दिने परिस्थिति बनेकोले समिकरण फेरबदल हुन सक्ने भएकोले जसपाभित्र कसलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन।

यद्यपि, अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष सभापति शेरबहादुर देउवालाई साथ दिएर प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्ने पक्षमा छन्।