अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलने बताएको छ । सीडीसीले एक वर्ष लगाएर गरेको अध्ययनपछि जारी गरेको निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण फैलने उल्लेख छ ।
संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत कोरोना सर्ने सो सीडीसीले जनाएको छ ।
खुला ठाउँमा ६ मिटरको दूरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने र बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा मिसिने वैज्ञानिकहरुको टोलीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया