२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माधवकुमार नेपाल निकट सांसदहरूले नेपाललाई राजीनामा बुझाए

नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट सांसदहरूले राजीनामा बुझाएका छन्। उनीहरुले नेता नेपाललाई राजीनामा बुझाएका हुन् ।

नेपाल उक्त राजीनामा बोकेर सिंहदरबार पुगेका छन् । त्यहाँ उनको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच छलफल भइरहेको छ ।

सभामुखलाई राजीनामा बुझाउनुअघि नेपाल पक्षका सांसदहरू सिंहदरबारमा बैठक बस्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुअघि नै नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेका हुन् ।

नेपाल पक्षले गत फागुन २८ गते पछि अध्यक्ष ओलीले गरेका निर्णय फिर्ता हुनुपर्ने अडान लिएका छन् ।