२०८२ जेठ २५ शनिवार

राशिफल

केपी ओली भन्छन्– सामूहिक राजीनामा अपराध हो

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध भएको बताएका छन् । साथै, उनले यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध मानेका हुन् । उनी भन्छन्, ‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

हेर्नुस् विज्ञप्ति